आज फागुन १९ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ फागुन १९ गते सोमबार । सन् २०२५ मार्च ३ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

विगतको लगानी तथा श्रमबाट राम्रै प्रतिफल मिल्ने समय छ । आर्थिक काम बन्नेछ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी महसूस हुन सक्छ । विदेशयात्राको प्रयत्नमा रहेका व्यक्तिका लागि समय अनुकुल छ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ, सजग रहनुहोला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । पराक्रम वृद्धिका बाबजुद काममा ढिलासुस्तीको योग छ । चोटपटकको योग देखिएकाले आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनु हितकर होला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । बुद्धि विवेकको सही उपयोग हुने समय छ ।

मिथुन

भाग्यबल बढ्नेछ । आँट साहस पराक्रम बढ्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नयाँ नोकरी प्राप्ति तथा पदोन्नतिको सम्भावना प्रवल छ । आजको दिन खर्च बढ्ने देखिन्छ, खर्च नियन्त्रणको चेष्टा गर्नुहोला । कुनै पनि काममा बलजफ्ती नगर्नु उचित हुनेछ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट

दौडधुप वृद्धि भए पनि पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुने योग छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यापार(व्यवसाय विस्ताको योग छ । आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउने छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ ।

कन्या

आजको दिन मिश्रित फलदायी रहला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्ने योग छ । तर, समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धन खर्च हुने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिनसक्छ । आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला

बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आजको दिन तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्ने योग छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिने छन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक

व्यस्तता र सामर्थ्य बढ्नेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात हुनसक्ने दिन छ । काम सामान्य भए पनि राम्रो आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिएला । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुने योग रहेकोले सावधानीका साथ कदम चाल्नुहोला । समस्याको समाधान मिल्ला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर

आजको दिन महत्त्वपूर्ण काममा सफलता मिल्नाले उत्साह बढ्ला । आकस्मिकरुपले धनलाभ हुन सक्छ । पढाइलेखाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । यात्रागत कार्यमा केही खर्च वृद्धि होला । मन मिल्ने साथीभाइ अलिक टाढिने एवम्प्रेम सम्बन्धमा समस्या आउनसक्ने योग छ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । वादविवाद र झैझगडाबाट आजको दिन टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता नगर्नु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ ।

मीन

समय शुभदायी छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ ।

सम्बन्धित समाचार