आज मिति २०८१ फागुन १८ गते आइतबार । सन् २०२५ मार्च २ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा बढ्न सक्ने समय छ । आफ्ना सहयोगी नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्, तर पहिलेको उपलब्धिले काममा उत्साह जगाउने देखिन्छ । रोकिएको काम बन्नाले उत्साह जागृत होला । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष
कर्मयोग अभिवृद्धि हुने समय भएपनि आज केही अस्वस्थताको महसूस हुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । कामको बोझ बढ्ने छ । इर्ष्या गर्नेहरुले फसाउन सक्छन् । आश्वासन बाँड्नेले झुक्याउन सक्छन्, सचेत रहनुहोला । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन
प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । विभिन्न अवसर प्राप्त हुनेछन् भने रचनात्मक काम गरेर पुरानो अवस्थामा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु हितकर होला । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । ब्यर्थको विवादले मन खिन्न तुल्याउन सक्छ । अरुको भर नपर्नु हितकर हुनेछ ।
कर्कट
शुरुमा व्यावहारिक झमेला आइलागेको अनुभूति हुनसक्छ, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह
प्रेम र मित्रताको बन्धन कसिलो हुने दिन छ । रमाइलो यात्राको अवसर जुट्ला । इच्छाशक्ति बढ्नुका साथै विशेष योजना सार्थक तुल्याउन सकिने । क्षमता अभिवृद्धि होला । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
मिश्रित फलदायी दिन छ । नजिकका मित्रजन टाढिनसक्ने र विश्वास गरेकाले धोका दिने सम्भावना छ । अनपेक्षित परिस्थितिको बन्धनमा परिने योग भएकाले विशेष सजगता र धैर्यपूर्ण व्यवहारको खाँचो पर्ला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि सुखदुःखमा साथ दिने हितौषीजन पनि फेला पर्ने छन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्नसक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला
बोली र व्यवहारमा विशेष सजग रहनुपर्ने समय छ । आवश्यकताभन्दा ज्यादा अभिव्यक्ति दिनाले विवाद निम्त्याउन सक्छ । दुइतर्फी कुरा लगाएर सम्बन्धमा फाटो उत्पन्न गर्ने छुस्कटहरू सक्रिय रहन सक्छन्, होसियारीको दरकार छ । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिने सम्भावना छ । मानसम्मान जेगाउन विशेष सावधानी अवलम्बन गर्नुपर्नेछ । सन्तान पक्षबाट सुख मिल्ने योग छ । आरोग्यता रहनेछ ।
बृश्चिक
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर वृद्धि होला । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मिष्ठान्न भोजन मिल्नेछ । आजको दिन खर्च भने केही वृद्धि हुन सक्छ, खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । व्यवसायमा ठूलो लगानीबाट कममात्र फाइदा हुने योग छ, ध्यन राख्नुहोला ।
धनु
व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने समय छ । साथीभाइले साथ दिनेछन् । अध्ययन तथा अध्यापनमा अनुकूलता वृद्धि होला । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठोसमेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु हितकर होला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । विवेकले प्रतिष्पर्धीलाई परास्त गर्न सकिनेछ ।
मकर
पढाइ लेखाइमा जाँगर बढ्नुका साथै प्रगति हुने समय छ । खर्च लागे पनि विशेष कार्यको प्रयास सफल होला । आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । विशेष खानपानको अवसर जुर्नसक्छ, तर मनलाई नियन्त्रण गरेकै राम्रो । साझेदारीको कार्यमा खटपट पर्नसक्छ, संयमताका साथ व्यवहार गर्नुहोला । स्थिर सम्पत्ति जोड्ने योग रहेको छ ।
कुम्भ
राम्रो अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । नजिकका आफन्त टाढिन सक्छन्, तर विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिन सकिनेछ । खर्च बढ्नाले आर्थिक समस्या उत्पन्न हुन सक्छ, सजग रही कार्य व्यवहार गर्नुहोला ।
मीन
कर्मबल बढ्नेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय भएपनि नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, सजग रहनुहोला । रोकिएका काममा दोहो¥याएर प्रयास गर्दा सार्थक हुने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमणको सम्भावना छ । सुख विलास बढ्नेछ ।