आज फागुन १६ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ फागुन १६ गते शुक्रबार । सन् २०२५ फेब्रुअरी २८ तारिख । नेपाल सम्बत ११४५ सिल्लागा, फागुन कृष्ण औँसी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग देखिन्छ । तथापि, विगतको निर्णय कार्यान्वयन गर्न खोज्दा काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । दायाँबायाँ विचर नगरी वचन दिने बानीले दुःख पाइने छ । मान्यजनको सुझावप्रति विश्वास राख्नु हितकर हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।

बृष

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । विभिन्न सहयोग र उपहार पाइनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने योग छ, सचेत रहनुहोला । परिवारिक सुख बढ्नेछ ।

मिथुन

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । समयमा होश नपुग्नाले खर्च भने बढ्ने देखिन्छ । प्रलोभन देखाउनेले फसाउन सक्छन्, सजगतापूर्वक व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । अतिथिका रूपमा कतै सम्मान मिल्ने देखिन्छ । रमाइलो यात्राको समेत अवसर जुर्न सक्छ । यात्रागत कार्य सफल रहला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । विगतको श्रमको सकारात्मक मूल्यांकन भइ त्यसबाट आंशिक लाभ हुने देखिन्छ । सन्तानसुख बढ्नेछ ।

कन्या

व्यस्तता वृद्धि हुनेछ । थोरै उपलब्धिका लागि पनि ज्यादा मिहेनत लगाउनुपर्ने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्नाले मन असन्तुष्ट रहनसक्छ । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वादिष्ट भोजनको आनन्द पाइएला । तर सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु उचित हुनेछ ।

तुला

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । तपाईंको कुनै कार्यप्रति अरूले आलोचना गर्नसक्ने योग रहेकोले सजगताका साथ व्यवहार गर्नु हितकर होला । काममा रोकावट र मानसम्मानमा आघात पुग्न नदिन विशेष प्रयत्न गर्नुहोला, जसबाट महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ । आजको दिन सामाजिक कार्यमा चाहेर पनि समय दिन नसकिएला । आरोग्यबल बढ्नेछ ।

बृश्चिक

समय शुभदायी छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । यात्राको व्यवस्थापनमा केही खर्च बढे पनि व्यापार तथा उद्योगतर्फ फाइदा नै हुने देखिन्छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नु हितकर होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

धनु

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा हुनेका लागि राम्रै फाइदा हुने योग छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना रहेकोले सचेत रही खानपानलगायतका व्यवहार गर्नुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतको सामना गर्नपर्ला । तर, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । सफलताका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तपाईंको कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग छ । आजको दिन सहयोगीहरूको भर नपरी कार्य गर्नु हितकर होला ।

कुम्भ

ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने तथा काममा अवरोध आउने समय हुनुका बाबजुद आत्मविश्वासले काम बन्ने देखिन्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह तथा सहयोगले कार्यसिद्ध होला । आयआर्जनमा कमी आउनेछैन । नसोचेको कार्य सम्पन्न भइ प्रतिष्ठा वृद्धि हुने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनुका साथै पारिवारिक जमघटमा मन रमाउने देखिन्छ ।

मीन

मिश्रित फलदायी समय छ । व्यावसायिक काममा फाइदा उठे पनि खर्च केही बढ्ने देखिन्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । कर्मबल भने बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर रहला । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने योग छ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

सम्बन्धित समाचार