आज मिति २०८१ फागुन १४ गते बुधबार । सन् २०२५ फेब्रुवरी २६ तारिख । नेपाल सम्बत ११४५ सिल्लागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ३१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन सामान्य व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिने देखिन्छ । आयआर्जनका नयाँस्रोतहरू थपिने छन् भने कामको दायित्व पनि बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइने छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
बृष
दिन शुभदायी छ । व्यापार व्यवसायमा प्रगति हुनेछ भने नयाँ उद्योग धन्दाको थालनी पनि गर्न सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रमभाव वृद्धि भइ दामपत्यसुख बढ्ने छ । ऐश्वर्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा सुधार हुने देखिन्छ । नियमित व्यवसायबाट राम्रै लाभ मिल्ला । देखिन्छ सफलता मिल्नेछ । परिवारिक सुखका कारण उत्साह बढ्नेछ ।
मिथुन
आर्थिक अभावले केही सताए पनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने योग रहेकोले विशेष सजग रही व्यवहार गर्नुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य सबल रहनेछ भने शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रा सफल रहनेछ ।
कर्कट
नियमित व्यापार व्यवसायमा राम्रै फाइदा हुने समय छ । यसका बाबजुद आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विद्यार्थी तथा शिक्षकहरूका लागि भने अनुकूल समय छ । प्रमभाव वृद्धि र सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । रसरागमा आकर्षण बढ्ला । खेलकुद एवम् भ्रमण कार्यमा रुचि बढ्नेछ ।
सिंह
धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । नाता कुटुम्बको सहयोग प्राप्त हुने योग छ । व्यापार व्यवसाय विस्तार हुनेछ भने कृषिकर्म र चौपायाको कारोबारबाट पनि राम्रै लाभ हुने देखिन्छ । आम्दानीसँगसँगै खर्च पनि केही वृद्धि होला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षित होइएला । पारिवारिक सुखशान्ति बढ्ने छ ।
कन्या
रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानसुख मिल्नेछ । पराक्रमका साथै ब्यस्तता वृद्धि हुनेछ । यात्रा सफल रहल । साथीभाइको सहयोग प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।
तुला
मिश्रित फलदायी समय छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । आरोग्यबल भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहने छ । मातृधनबाट लाभ मिल्ने योग छ । साथीभाइ सहयोगी बनेर अगाडि आउलान् ।
बृश्चिक
धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । सामान्य खर्च पनि बढ्ने देखिन्छ । पति पत्नीबीच असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । आयआर्जनको कमीले वादविवादको अवस्था निम्त्याउन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समस्याको समाधान भने हुने नै छ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विश्वास गरिएका साथीभाइबाट धोका मिल्ने तथा परिवारजनले समेत साथ नदिन सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । खर्च केही वृद्धि हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्ने छ । दौडधुप बढेपनि आमोदप्रमोदमा रम्ने अवसर जुर्नसक्छ ।
मकर
धर्मकर्म र समाजसेवाका कार्यमा विशेष लगाव बढ्ने समय छ । नयाँ शिप र उपयोगी ज्ञान प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ भने कृषि कर्ममा फाइदा होला । यात्रा उपलब्धीमूलक बन्ने र काममा उत्साह जाग्ने योग छ । सन्तान पक्षबाट पनि सुख मिल्नेछ । आयबल बढ्नेछ । दायित्व पूरा गर्न सकिनेछ ।
कुम्भ
कर्मबल बढ्नेछ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । परिश्रमको राम्रै मूल्यांकन हुुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । तर, रोजगारीमा केही समस्या आइपर्नसक्छ, सजग रही जिम्मेवारी निर्वाह गर्नु उचित हुनेछ ।
मीन
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्छ । मित्रजनसँग मनमुटाव होला । विश्वास गरेकै व्यक्तिबाट धोका मिल्नसक्ने योग छ, सचेत रहनुहोला । विद्यार्थी वर्गमा पढाइलेखाइको स्तर खस्कने देखिन्छ । धर्मकर्ममा आकर्षण रहला ।