व्यवसायीको सामान गोदाममा आगलागी

0 Shares

काठमाडौं । दाङको तुलसीपुर बजार अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा सोमबार राति आगलागी भएको छ ।

तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा गरिएको प्रहरीले जनाएको छ । आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाएका थिए ।

गोदाम नजिकका घरमा रहेकाहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित रुपमा बाहिर ल्याइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार