0
Shares
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४ सय सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।