एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटर प्रर्दशन गर्दै

0 Shares

काठमाडौं । एमएडब्लू अर्थमुभर्सले जेसीबी इण्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटर सफलतापूर्वक लञ्च गर्ने भएको छ ।

ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य लञ्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरसहित करिब सात सय सरोकारवालाहरूको सहभागिता रहने छ ।

कार्यक्रममा मेसिनको विशेष प्रस्तुतीकरण रहने छ। उक्त प्रदर्शनीपश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिने छ। कार्यक्रममा जेसीबी इण्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रा।लि।का अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहने छ।

यी मेसिनहरू उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यमा प्रभावकारी हुने विश्वास गरिएको छ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनामा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनालाई अगाडि बढाउन व्यापक सहयोग गर्ने छ।

जेसीबी एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ।

सम्बन्धित समाचार