आज सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यसमेत बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार