आज मिति २०८१ फागुन ३ शनिबार । सन् २०२५ फेब्रअरी १५ तारिख । नेपाल सम्बत ११४५ सिल्लागा तृतिया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिगो फाइदाका लागि लगानी बढाउन अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्ने । अचल सम्पत्तिको उपयोगका साथै कृषि तथा पशुधनबाट पनि लाभ मिल्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
बृष
आँटेको काम जस्तोसुकै कठिन भएपनि सफलता मिल्नसक्ने समय भएपनि आजको दिन दोधारमा मन अल्झिन सक्छ । व्यवसायमा लगानी र खर्चको मात्रा बढ्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना रहेको छ ।
मिथुन
अध्ययनमा मन नलागे पनि नियमित कार्यमा जाँगर चल्ने दिन छ । आत्मविश्वास बढ्नेछ भने रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । महत्वपूर्ण योजना अधुरै रहनसक्छ, हातलागिसकेको अवसर गुम्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले सजग रहनुहोला । जीवनसाथीको समस्याले सामान्य चिन्ता बढाउने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथ आम्दानी पनि बढ्ने समय छ । भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ, ध्यान दिनुहोला । आरोग्यता रहनेछ ।
सिंह
नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रेमजीवनमा उत्साह छाउला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धधक समाचार सुन्न पाइनेछ । मित्रताको बन्धन कसिने योग छ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । पारिवारिक सुखशान्ति मिल्नेछ ।
कन्या
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ भने धनार्जनको योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि वृद्धि होला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् । रसराग, खेलकुद र भ्रमण दिनमा आकर्षण बढ्ने समय छ ।
तुला
कर्मबल वृद्धि हुनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले लाभ मिल्ने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ भने आजको दिन पारिवारिक जमघटमा मन रमाउला । व्यापार(व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने विलासितामा खर्च बढ्ने देखिन्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर हुनेछ ।
बृश्चिक
गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर समयको गतिलाई पछ्याउने प्रयत्न निरन्तर गरिरहनु उचित हुनेछ । आफन्तजनमा चिसोपन बढ्ने योग भएकोले व्यवहारमा सरलताको दरकार छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुने देखिन्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।
धनु
लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुनेछन् । काममा परिवारजनको सहयोग लिँदा राम्रै हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहने योग छ ।
मकर
आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेरमात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । लाभ हुने काम प्रारम्भ हुनसक्छ । साझेदारीमा पनि लाभकै योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ
नयाँ काम पाइनेछ तर आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन
तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तर, अरूको भरपर्दा केही काम बिग्रन सक्छ, सजग रहनुहोला । हिम्मत गर्न नसक्दा महत्वपूर्ण कार्य रोकिने सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । मित्र एवम् आफन्तको साथ मिल्नेछ ।