जिराको मूल्य घट्यो, प्रतिकिलो कति ?

0 Shares

काठमाडौं । जिराको मूल्य घटेको छ।

एक महिनाको अन्तरालमा जिरा प्रतिकिलो ३० रूपैयाँले घटेको किराना व्यवसायी चन्द्र थापाले जानकारी दिए।

उनका अनुसार हाल बजारमा राम्रो गुणस्तरीय जिरा प्रतिकिलो पाँच सय ५० रूपैयाँ छ। एक महिना अघि बजारमा जिरा प्रतिकिलो पाँच सय ८० रूपैयाँमा बिक्री भइरहेको थियो।

जिरा यहाँ उत्पादन नहुने भएकाले बाहिरी मुलुकबाट आयात हुँदै आएको छ। बाहिरी मुलुकमा जिराको मूल्य घट्दा त्यसको प्रभाव यहाँ परेको हो।

स्वादका लागि तरकारीमा मसलाको रूपमा जिरा प्रयोग हुँदै आएको छ। तुलनात्मक रूपमा जिराको खपत चाडपर्वका बेला बढ्ने गरेको छ।

सम्बन्धित समाचार