आज फागुन १ गते तपाईंको दिन कति शुभ ?

0 Shares

आज मिति २०८१ फागुन १ गते बिहिबार । सन् २०२५ फेब्रवरी १३ तारिख । नेपाल सम्बत ११४५ सिल्लागा पारु, फाल्गुण कृष्ण प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

बिस्तारै कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउने छन् भने नसोचेको ठाउबाट धन प्राप्त हुने योग छ । मित्रजनको सहयोग मिल्नेछ, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

बृष

सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्य प्राप्त गर्न कठिन तुल्याउन सक्छ । स्वास्थ्यमा पनि केही कमजोरी एवं कामको अवरोले मन खिन्न रहने देखिन्छ । विलासितामा धन खर्च हुने योग छ । पारिवारिक समस्याको समाधान होला ।

मिथुन

आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोलाा । पुराना साथीभाइ टाढिए पनि नयाँ मित्रता गाँसिने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । दिगो आम्दानी हुने काम सुरु हुने योग छ । आरोग्यता रहला ।

सिंह

कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने दिन छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर, बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने तथा सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले अत्यन्त सजग भइ काममा अघि बढ्नुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुपर्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या

मिश्रित फलदायी समय छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

कर्मबल वृद्धि भएपनि आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने मौका आउला, तर सहयोगीहरूले धोका दिन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ ।

बृश्चिक

भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हेला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ ।

धनु

दौडधुप केही बढ्ने समय छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिएला । गुमेको प्रतिष्ठा तपाईंको लगनशीलताले पुनः फर्काउन सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषिकर्म वा व्यवसायमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

समय केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्नसक्छ । छरछिमेकमा विवाद वा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला ।

कुम्भ

मिश्रित फलदायी समय छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । व्यापारमा भने राम्रै फाइदा हुने योग छ । काम बिग्रने डरले सताउनसक्छ तर परिवारजनका आवश्यकता पूरा गर्न सकिने छ । मानसम्मानमा पनि ठेस पुग्ने सम्भावना छ, सजगताका साथ व्यवहार गर्नु उचित होला ।

मीन

दिन सुखद् र शुभदायी देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

सम्बन्धित समाचार