मेयर हमालकी छोरी आरती आइन् सम्पर्कमा

0 Shares

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् ।

छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी सोमबारदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले हिजो खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए।

हमालले लेखेका छन्:

सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु। खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।

साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

सम्बन्धित समाचार