आज माघ ३० गते तपाईंको दिन कति शुभ ?

0 Shares

आज मिति २०८१ माघ ३० गते बुधबार । सन् २०२५ फेब्रअरी १२ तारिख । नेपाल सम्बत ११४५ सिल्लाथ्व पुन्हि तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५२ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

परिवार एवम् मित्रजनमा सामान्य असमझदारी बढेपनि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनै महत्वपूर्ण कार्य अधुरो रहेको छ भने आजको दिन सम्पादन हुने देखिन्छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने योग छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष

आजको दिन खर्च बढ्ने र आँटेको काम पनि समयमा पूरा नहुने सम्भावना छ । पढाइलेखाइमा खासै मन नजाला । नियमित कार्यमा पनि जँगर कमै चल्ने देखिन्छ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्न सक्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ ।

मिथुन

काम बिग्रने डरले सताएपनि दिन शुभदायी नै छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन(पाठनमा प्रगति होला । विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ भने आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ । यात्रामा सफलता र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगति होला । टाढिएका आफन्तहरू नजिकिने छन् । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग भएकाले अनावश्यक कार्यमा मन नदिएकै राम्रो । असावधानीले ब्यर्थ धन खर्च हुन सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकाले विशेष सजगताको दरकार छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

मिश्रित फलदायी दिन छ । कर्मबल बढे पनि विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ । व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । पारिवारिक सहयोग प्राप्त भए पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेको महसूस होला ।

तुला

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्ने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । तपाईंले प्रयोग गर्ने भौतिक साधन भने बिग्रनसक्ने योग छ, जसले लक्ष्यप्राप्तिमा ब्यवधान खडा गर्न सक्छ, सावधान रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहार नियन्त्रणमा राख्नु हितकर हुनेछ ।

बृश्चिक

दिन शुभदायी छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव पनि आउन सक्छ । अभिप्रेरित गर्ने प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । वित्तादि लाभ होला । कामको सिलसिलामा यात्रा पनि हुन सक्ने देखिन्छ । मनोरन्जनमा समय ब्यतित भएर जानेछ ।

धनु

रचनात्मक काम सुरु गर्ने समय छ । गरिँदै आएको काममा थप जांगर पलाएर आउनेछ भने व्यापार व्यवसायमा फाइदा नै होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । दाम्पत्य सुख बढ्नेछ ।

मकर

दिन चुनौतीयुक्त रहने देखिन्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । नियमित आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । अनावश्यक झमेला आइलाग्न सक्छ, सावधान रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्न सकिने छ ।

कुम्भ

सानातिना काममा समय बित्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने योग छ । समस्या थपिन सक्छन्, सजग रहनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धैर्यताका साथ विवेक र बुद्धिको उपयोग गर्नसके जटिल काम पनि सम्पादन हुनसक्छ, जसबाट उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने दिन छ ।

मीन

मंगलमय कृत्य सम्पादन गर्ने समय छ । परोपकारजन्य क्रियाकलापका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला । कार्य ब्यस्तताले केही चिडचिडाहट पनि पैदा गर्न सक्छ, तर समस्या सहजै टरेर जाने देखिन्छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्नसक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, प्रशंसकहरू बढ्नेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सुख विलास बढ्ने छ ।

सम्बन्धित समाचार