एमएडब्लूले जित्यो डिलर अफ द इयर अवार्ड

0 Shares

काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रा।लि।ले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ ।

अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्दछ । यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू हृदयदेखि नै धन्यवादका पात्र हुन् ।

जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए । नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको छ।

सम्बन्धित समाचार