झोलाभरि सुन हुन्छ, तस्करीले पुलिसलाई उल्टै हप्काइदिन्छ- प्रधानमन्त्री ओली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीले नेपाल प्रहरीलाई टेर्न छाडेको बताएका छन् ।

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई टेर्न छाडेको बताएका हुन् ।

पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधी अहिले लाज सरम नमानी हिँड्ने गरेको उनको भनाइ थियो । उनले योसँगै अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई हप्काइदिने बताए ।

‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए किन हेरेको भनेर ?, झोलाभरि सुन हुन्छ, तर किन हेर्‍या भन्छ ? उल्टै हप्काउँछ,’ उनले भने ।

जमाना फेरिएको बताउँदै भलाद्मी र सोझो बनेर तस्करी गर्ने गरेको उनको दाबी थियो ।

सम्बन्धित समाचार