संसद बैठकमा प्रचण्डले सम्बोधन गर्ने

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका उनले आज बस्ने बैठकमा सम्बोधन गर्ने भएका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

प्रचण्डले पनि त्यसै विषयसँगै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सम्बन्धित समाचार