काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँको विकास गर्न कृषिमा आधुनिकीकरण गर्न जरुरी रहेको बताएका छन् ।
लमजुस्थत वडा ८ मा रहेको सिमलचौर भुमिगत सिचाइ अन्र्तगत बोरिङ सोमबार उद्घाटन गरेपछि मन्त्री गुरुङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरेका हुन् ।
मन्त्री गुरुबोरिङ सिचाइ आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे । ‘पुर्वाधार बनाउने काम सरकारको हो भने विकासको गतिविधि गर्ने काम तपाईहरुको हो । यो वर्ष लमजुङ जिल्लाको घर घरमा टेलिफोन र इन्टरनेट पुरयाउने काम गर्ने छु ’ उनले भने । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी दिए । मन्त्री गुरुङले विग्रीएको र भत्कीन लागेको मुलुकलाई सुर्धान दुई ठुला दल गठबन्धनमा आएकाले सरकार ढल्छकी ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे ।
‘२०७७ मा केपी शर्मा ओलीको सरकार ढलेपछि मुलुकमा निकै अस्थीरता भयो । यहिले सम्म केहि काम भएन । सरकार त छ तर, काम गर्न सकेको थिएन । एक वर्षमा चार वटा सरकार बन्यो । राजनीतिक अस्थिरताले गर्दा सरकार पिच्छे बजेट ल्याउने र अलपत्र पार्ने भयो । हाम्रो न राजस्व उठ्यो न खर्च हुन सक्यो ’ उनले भने, ‘अहिलेका यि सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरी राखेको छ ।’
बर्खेपानीको भरमा खेती गर्नु पर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने स्थानीयले विश्वस्त भएका छन् । वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेत बारी बाँझै रहेको हुँदा अब बोरिङ मार्फत सिचाई गरेर आम्दानी गरिने बताए । वडा अध्यक्ष गुरुङले स्थानीय किसानहरुलाई समेत भुमिगत सिचाइँको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे । उनले भने, ‘अब हाम्रो खेत बाँझो हुने छैन । स्थानीयलाई सिचाइको भरपुर सदुपयोग गर्नुहोला ।’
सिचाई सुविधा भएपछि १ सय ५० भन्दा बढी घरधुरीले खेती गर्न सक्ने सुविधा पुगने भएको छ ।