0
Shares
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबूकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।सोही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।
साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोपसमेत छ ।