एकीकृत समाजवादका सयौं नेता कार्यकर्ता माओवादी प्रवेश

0 Shares

काठमाडौं । नेकपा( एकिकृत समाजवादी) र नेकपा एमालेका सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका छन ।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमति प्रदेश सदस्य हुन । एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमति प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

प्रचण्ड सहित भरतपुर महानगर पालिकाका मेयर रेनु दाहाल, चितवन इन्चार्ज घनश्याम दाहाल, अध्यक्ष रामचन्द्र अधिकारी लगायतका नेताहरूले खादा,माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सम्बन्धित समाचार