0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु मुक्त भएको बताएका छन् सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सत्ताको नाउमा प्वाल पारेर अर्कै डुंगा चलाउन खोज्नेको बन्याकरण गरेको जिकिर गरे । ‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’ उनले भने ।
ओलीले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको सगौरव उल्लेख गरे ।