0
Shares
काठामाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।