आज माघ १४ गते तपाइँको दिन कति शुभ, राशिफलमा के छ?

0 Shares

आज मिति २०८१ माघ १४ गते सोमबार । सन् २०२५ जनवरी २७ तारिख । नेपाल सम्बत ११४५ पोहेलागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४० मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

प्रतिष्ठित काम गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ खालको जिम्मेवारी हातपर्ने योग छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता रहनेछ । पठनपाठनमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।

बृष

दिन शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले पनि काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ, राम्रै फाइदाको योग छ । वैदेशिक यात्रामा पनि लाभ मिल्ने समय छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा(मामिलामा विजयी भइएला । रोकिएका महत्वपूर्ण काम सम्पादन हुनेछन् । आफन्तसुख बढ्नेछ । स्वास्थ्य सबल रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जन हुने तथा सुखद समाचार सुन्न पाइने योग छ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा मातापिताको सहयोग र आशीर्वाद मिल्नेछ । प्रेमभाव वृद्धि तथा पराक्रम बढ्नेछ । यात्रागत कार्य सार्थक बन्नेछ ।

कर्कट

मिश्रित फलदायी दिन छ । ब्यस्तताका साथै कर्मबल वृद्धि हुनेछ । विगतका समस्या बल्झिने तथा सानातिना घरेलु समस्यामा अल्झनुपर्ने योग छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना छ, सावधान रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, सचेत रहनु हितकर होला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । रसरागको भाव जागृत हुनेछ भने मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलताको मिल्ने देखिन्छ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या

आजको दिन आर्थिक अभावले सामान्य सताएपनि रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । कृषि तथा चौपायाबाट लाभ मिल्नेछ । मन मिल्ने मित्रजनसँग जमघटमा रमाइएला । काममा आफूभन्दा ठूला ब्यक्तिको सहयोग प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुने समय छ । मान महत्व बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव सकारात्मक रहनेछ ।

तुला

परिश्रम केही ज्यादा परे पनि भाग्योन्नति र कार्यसफलताको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य सम्पादन हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन्, जसले धनार्जनको मार्ग खुलाउला । आरोग्यपन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यगत समस्या हटेर जानेछ ।

बृश्चिक

अलिक बाध्यताका काममा जुट्नुपरे पनि सानो प्रयत्नले राम्रो फाइदा उठाउन सकिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रेमको बन्धन कसिने बेला छ, दिन मनोरञ्जनपूर्ण रहनेछ । कतै आतिथ्यपूर्ण सम्मान पनि पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् तर व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ ।

धनु

बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ भने अधुरा कामले पूर्णता पाउने देखिन्छ । विशेष योजनामा केही चुनौती देखिएपनि अन्ततः सफलता हातपर्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आय वृद्धि हुनेछ । गीतसंगीत तथा रसरागात्मक कार्यमा आकर्षण वृद्धि हुनेछ ।

मकर

धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने दिन छ । तथापि, विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले साथ दिनेछन् । भएको आम्दानी सञ्चय गर्न भने केही मुस्किल नै पर्ला । चोरी वा ठगीमा पर्नसकिने योग छ, सचेत रहनुहोला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

कुम्भ

दौडधुप बढ्नेछ । कर्मफलको लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको हितमा केही खर्च बढ्ने योग छ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । यात्रागत कार्य बन्नेछ ।

मीन

आँटे गरेका काम पूरा भइ धनलाभ हुनसक्ने समय छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बन्नेछन् । खर्च भने केही बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

सम्बन्धित समाचार