सुन र चाँदीको मूल्य घट्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार