अखिल क्रान्तिकारीको २७८ उजुरीमा २० जनाको उम्मेदवारी रद्द

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा २७८ उजुरीबाट २० जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचन समितिले रितपूर्वक र विधिसम्मत नभएको भन्दै केन्द्रीय समिति सदस्य, निर्वाचन आयोग सदस्य तथा अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका २० जनाको उम्मेदवारी रद्द गरेको हो ।

उम्मेदवारी रद्द हुनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् भने एक जना सचिवालय सदस्यका उम्मेदवार रहेका छन् । यस्तै, एक जना निर्वाचन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् भने अर्का अनुशासन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् । निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेको थियो ।

जसमा २७८वटा दाबी विरोधको उजुरी परेको थियो । त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा २० जना उम्मेदवारको उम्मेदवारी रद्द भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।

सम्बन्धित समाचार