नेकपा बहुमतको महासचिवमा बास्तोला निर्वाचित

0 Shares

काठमाडौं । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

लोहनीका अनुसार महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । माघ ५ गतेदेखि टियुमा सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए । महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्ताबेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मत पास भएको लोहनीले बताए ।

साउन १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि नेकपा बहुमतले ९ औँ महाधिवेशन गरेको हो । यस अघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भएपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसंग एकता गरेका थिए । उक्त पार्टीमा विवाद भएपछि बास्तोलाले आफ्नै नेतृत्वको पार्टी गठन गरेका थिए ।

 

सम्बन्धित समाचार