सोलार प्लान्टबाट ५०० मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह

0 Shares

काठमाडौँ । व्यापारिक घराना गोल्यान समूहले सोलार प्लान्टबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ।

बुधबार एक कार्य्रकम आयोजना गर्दै समूहले आगामी २४ देखि ३० महिनाभित्र बिजुली उत्पादन गर्ने लक्ष्य रहेको जनाएको हो। यसका लागि केही समय अगाडि नै गोल्यान समूह र भारतीय सोलार कम्पनी प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता भइसकेको छ।

प्रोजिल इनर्जीले भारतका विभिन्न स्थानमा सोलार प्लान्टबाट २ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको जनाएको छ। एक हजार मेगावाट उत्पादनको चरणमा रहेको उल्लेख गरेको छ।

यो योजनाले नेपालको स्वच्छ र हरियाली भविष्यका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रोजिल ग्रिन इनर्जीका प्रबन्ध निर्देशक शोभित राईले बताए।

विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले नेपालको नवीकरणीय ऊर्जा उत्पादनमा उत्साह थपिएको बताए।

त्यस्तै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था ुइप्पानु का अध्यक्ष गणेश कार्कीले सोलार प्लान्टबाट ५०० मेगावाट बिजुली उत्पादन गर्नु निकै राम्रो योजना रहेको बताए। सरकारले नवीकरणीय ऊर्जा उत्पादनमा प्रोत्साहन गर्न धेरै नीतिगत सुधार गर्नुपर्ने पनि उनले भने।

सम्बन्धित समाचार