इन्स्पेक्टर रामबहादुर नेपाली सर्वोत्कृष्ट प्रहरी घोषित

0 Shares

काठमाडौँ । पाल्पास्थित इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) रामबहादुर नेपाली सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले इन्सपेक्टर नेपालीलाई पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।

आइतबार तानसेनस्थित जिल्ला प्रहरी कार्यालयमा एसपी नरेन्द्र चन्दले इन्स्पेक्टर नेपालीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।

रम्भा गाउँपालिकामा कानुन हातमा लिन खोज्ने समाजमा नकारात्मकता फैलाउनेलाई इन्स्पेक्टर नेपालीले पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । जुवातास, गाँजा चरेस तस्करी नियन्त्रणमा उनले सक्रियतापूर्वक काम गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

‘यस कार्यालयको वडामा गुण्डागर्दी, चोरी नियन्त्रण गरी शान्ति सुरक्षा कायम तथा फरार प्रतिवादी पक्राउ गरी उत्कृष्ट कार्य गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुस ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ प्रदान गरिएको छ’ जिल्ला प्रहरी कार्यालय पाल्पाले उनलाई दिएको सम्मान पत्रमा उल्लेख छ ।

इन्सिपेक्टर परियार प्रहरी संगठनभित्र इमान्दार, कर्तव्य निष्ठ र जुझारु प्रहरीको रुपमा पहिचान बनाएका छन् ।

सम्बन्धित समाचार