0
Shares
चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् ।
दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै लात्तैलात्ताले हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । सो घटना छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।