0
Shares
काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएलको १७ औँ सिजनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको छ । बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै चेन्नाई सुप्पर किंगले ब्याटिङ गरिरहेको छ ।
आरसीबीका लागि अनुज रावतले ४८ र दिनेश कार्तिकले अविजित ३८ रन बनाए । रोयल च्यालेन्जर्स टोलीलाई कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट सुरुवात गराए ।
मुस्ताफिजुर रहमानले दुई ओभरमा दुई विकेट लिँदा खेलको भाग्य फेरियो । उनले एउटै ओभरमा कोहली र क्यामरुनलाई आउट गरेर सीएसकेलाई सफलता दिलाएका थिए । दीपक चाहरले ग्लेन म्याक्सवेललाई शून्य रनमा आउट गरे ।
त्यसपछि अनुज रावत र दिनेश कार्तिकले आरसीबी टोलीको इनिङ्स सम्हाल्ने जिम्मेवारी लिएका थिए । यी दुईबीच ९५ रनको साझेदारी थियो । यसरी पहिले ब्याटिङ गर्दै आरसीबीले १७३ रन बनाएको थियो ।