जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो

0 Shares

काठमाडौं । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म दुई सय नाघेको छ । भूकम्पमा परी सय जनाभन्दा बढी बेपत्ता रहेको समाचारमा जनाइएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थित नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।

भूकम्प गएको आठ दिनसम्म उद्धारकर्ता अवरुद्ध सडक र प्रतिकूल मौसमका बाबझुज भग्नावशेष हटाउन र फसेका ३५ सय मानिससामु पुग्ने प्रयास गरिरहेका छन् ।

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउदा करिब १८ हजार ५०० मानिसको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार