थाइल्याण्डमा नेटा नम्बर एक, नेपालको अवस्था कस्तो ?

0 Shares

काठमाडौं । चिनियाँ अटो मोबाइल कम्पनी नेटा अटोले थाइल्याण्डमा सन् २०२४ को न्यु इनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

नेपालको सन्दर्भमा नेटाको बिक्री तुलनात्मक रुपमा बढ्दै गइरहेको छ । नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ

नेटा भी क्रस ओभर वर्गमा इलेक्ट्रिक गाडी चाहने व्यक्तिहरूका लागि महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ । जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ । जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ ।

नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० प्लस किमि दायरा छ । यो कल्ट कालिथियम आयरनफस्फेट ब्याट्रीले चल्दछ । जसको ८ वर्ष वा एक लाख ५० हजार किमि वारेन्टी छ ।

नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ । जसले चालकलाई सुरक्षा महसुस गराउँछ । कल्टका अत्याधुनिक लिथियम आयरनफस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा एक लाख ८० हजार किमि वारेटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।

सम्बन्धित समाचार