0
Shares
काठमाडौँ । सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँ रहेको छ। आईतबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आजको बजारमा चाँदी आईतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर किनबेच भइरहेको छ । आज चाँदी तोलाको एक हजार ८६० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।