0
Shares
काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ ।
केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली मुख्यमन्त्रीलाई बिहीबार घरबाट नै पक्राउ गरेको हो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको दाबी गरेकी छन् ।
उनले प्रधाानमन्त्री मोदीलाई अरविन्द केजरीवालदेखि डर भएर पक्राउ गर्न लगाइएको बताएकी छन् । दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि पटकपटक छानबिन तथा सोधपुछ गर्दै आएको थियो ।