किन मान्छेको हत्केला र पैतालामा रौँ उम्रिदैन ?

0 Shares

काठमाडौँ । मानव शरीरको अधिकांश अङ्गमा रौँ उम्रिएको हुन्छ । तर, हत्केला र पैतालामा रौँ उम्रिएको हुँदैन । सन् २०१८ मा गरेको एक अनुसन्धानको अनुसार मानिसको हत्केला र पैतालामा कहिल्यै पनि रौँ उम्रिँदैन ।

युनिभर्सिटी अफ पेन्सिलभेनियाका छाला विशेषज्ञहरूले यसबारे अनुसन्धान गरेका छन् । हाम्रो शरीरमा एक किसिमको प्रोटिन हुन्छ । जसले मालिक्युलर म्यासेन्जरको काम गर्ने गर्छ । जुन नसाका बीच कपाल उम्रन, स्पेश र बढाउनको लागि जानकारी लिने गर्छ ।

यस प्रोटिनबाट आउने सूचना र कपाल उम्रनको लागि महत्त्वपूर्ण रहेको छ । यो शरीरको लागि एउटा महत्त्वपूर्ण जीन हो । जुन रौँ उम्रनका लागि प्राकृतिक रूपमा शरीरमा अवरोधहरू सृजना गर्छ ।

यो अवरोधलाई पनि एक प्रोटिनका रूपमा लिन सकिन्छ । जसलाई ‘डिककफ’ भनिन्छ । यसैको कारणले हाम्रो हत्केला र पैतलामा कपाल उम्रिँदैन ।

 

सम्बन्धित समाचार