0
Shares
काठमाडौँ । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६ ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पमा परी साढे एक सयभन्दा बढीले ज्यान गुमाएका थिए ।