रवि लामिछानेसँग करिब २८ करोड स्रोत नखुलेको सम्पत्ति

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ।

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेको मात्रै २७ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो ।

 

सम्बन्धित समाचार