पश्चिमी भागमा पुनः चिसो बढ्ने, यस्तो छ अरु स्थानको मौसम

0 Shares

काठमाडौँ । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च स्थानमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भागमा सामान्यतया मौसम सफा छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार