0
Shares
काठमाडौँ । दाङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
घोराही उपमहानगर १० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही १० का ४४ वर्षीय दिलीप केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाका अनुसार दुर्घटना हुँदा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस चालक ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।