0
Shares
काठमाडौँ । पृथ्वी राजमार्ग (नौबिसे-मुग्लिङ) सडक खण्ड आंशिक बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले मंसिर ७ देखि १३ गतेसम्म सडक बन्द हुने जनाएको हो ।
सूचनामा भनिएको छ, ‘पृथ्वी राजमार्गको नौबिसे-मुग्लिङ खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१-९-३ को निर्णयअनुसार उपरोक्त स्थानहरूमा ७ देखि १३ गतेसम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारी साधन आंशिक रूपमा रोकी निर्माण कार्य गर्नु पर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ ।’
प्रहरीले एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।