धापासीको एक घरमा आगलागी

0 Shares

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको छ । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।

अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरकाे दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार