विवेक पंगेनीको निधन, एक्लिइन् सिर्जना

0 Shares

काठमाडौँ । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अस्ताएका छन् । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो ।

विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो ।

निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । हिजो उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे । विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ । श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बोलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेको सुबेदीले बताए ।

 

सम्बन्धित समाचार