विद्युत् प्राधिकरण सञ्चालकमा दुई जना नियुक्त

0 Shares

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार सङ्खुवासभाका मकालु गाउँपालिका ३ का पराजुली र धादिङ गंगाजमुना गाउँपालिका ५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

मन्त्री खड्काको निजी सचिवालयका अनुसार उनीहरूलाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

सम्बन्धित समाचार