0
Shares
काठमाडौँ । सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हिरासत अवधिभर अस्पतालमा बस्न पाउने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ ।