0
Shares
काठमाडौँ । इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो ।
काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडक खण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए, त्यही बेला जग भासिएर उनी च्यापिए,’ प्रहरीले भनेको छ ।