नेपाल फाईनान्सको संस्थापक सेयर बिक्रीमा, कस्ले दिन पाउँछन् आवेदन ?

0 Shares

काठमाडौँ । नेपाल फाईनान्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४० हजार ९६३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको छ । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज चैत ६ गतेदखि ३५ दिन भित्र संस्थाको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं वा संस्थाको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन प्राप्त हुन नआएमा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही प्रचलित कानुन बमोजिम संस्थापक भन्दा बाहिरका खरिदकतालाई संस्थापक शेयर विक्रीका लागि कारवाही अगाडि बढाइने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार