0
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादित अभिव्यक्ति दिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटी राखेर रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । उनीमाथि साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहस भएको थियो । यस क्रममा उनलाई रिहा गर्न आदेश भएको हो ।
उनीविरुद्ध अर्को पक्राउ पुर्जीसमेत रहेको छ । जसका कारण धरौटी बुझाएलगत्तै उनी फेरि पक्राउ पर्न सक्ने छन् ।