सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन ?

0 Shares

काठमाडौँ । ‘कहि नभएको जात्रा हाडीगाँउमा’ भने जस्तै कहि नभएको चलन नेपालमा हुन थालेको छ । भ्वाङ परेको सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन गर्न थालिएको छ ।

केही महिना पहिला काठमाडौंको कमलादीस्थित सडकमा भ्वाङ परेको थियो । उक्त सडक खण्ड मर्मतपछि यातायात सुचारु भएका छन् ।

काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका छन् ।

गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो ।

सम्बन्धित समाचार