काठमाडौँमा दुई पुरुष मृत भेटिए

0 Shares

काठमाडौँ । काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका९४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका हुन्। उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए।

यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्। अन्दाजी ६० वर्षीय देखिने उनको हाल नाम, थर, वतन खुलेको छैन।

दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार