स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, तीन जना घाइते

0 Shares

काठमाडौँ । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीमा सु.प्र.०१-००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका १८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका १७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् ।

सम्बन्धित समाचार