0
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । यसअघि चार भारतीय नागरिक पक्राउ परेका थिए ।
कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले स्पोर्ट बाजी, प्रोबोलगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । उनीहरूविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।